Kathmandu Press

माओवादी केन्द्रले तोक्यो आठै प्रदेश इन्चार्ज, कहाँ को?

नेकपा (माओवादी केन्द्र)ले आठै प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ।
माओवादी केन्द्रले तोक्यो आठै प्रदेश इन्चार्ज, कहाँ को?
तस्वीर: प्रचण्डको सचिवालय।

काठमाडौं, माघ २१ : नेकपा (माओवादी केन्द्र)ले आठै प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा भएको पदाधिकारी बैठकले भूगोलको सात र एउटा गैरभूगोलको प्रदेशमा माओवादीले इन्चार्ज तोकेको हो।

बैठकले कोशी प्रदेश इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृका यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखेललाई इन्चार्ज तोकेको हो।

गैरभूगोलको  विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्तीलाई तोकिएको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, माघ २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्