Kathmandu Press

अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले अहिलेको सरकारको ध्यान तिब्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए।
अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

काठमाडौ, माघ २१ : प्रधानमन्त्री केपी ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताए।

Hardik ivf

उनले केही समय नेपाल पछाडि परेको भएपनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुक भन्दा अगाडि जानसक्ने बताए। उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने बताए।

आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गर्नुभयो ।

अहिलेको सरकारको ध्यान तिब्र विकासको काममा रहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकारको ध्यान तिब्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए।

‘हामी पछाडि पर्नुपर्ने कुनैपनि कारण छैन । हामीले आत्मविश्वास राख्नुपर्दछ। अब हामी पछाडि पर्नुहुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आज तिब्र विकास गर्ने, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरुको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ।’

बालबालिकाहरुले हामी गर्नसक्छौँ र अरु भन्दा अगाडि जानसक्छौं भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको उनले बताए।

प्रकाशित मिति: १५:१३ बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्