Kathmandu Press

पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किए, सडक एकतर्फी अवरुद्ध

चितवनको इच्छाकामनामा ट्रक र कार ठोक्किंदा सकड एकतर्फी अवरुद्ध भएको हो।
पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किए, सडक एकतर्फी अवरुद्ध

चितवन, माघ २१ : पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध भएको छ। चितवनको इच्छाकामनामा ट्रक र कार ठोक्किंदा सकड एकतर्फी अवरुद्ध भएको हो।

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बाप्र ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।

Hardik ivf

दुर्घटनामा एक जना महिला घाइते भएकी छिन्। उनी कारमा सवार रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक भण्डारीका अनुसार कारले ओभरटेक गर्ने क्रममा ठोक्किएको बताइएको छ।

प्रकाशित मिति: १४:५० बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्