ईपीएस पास गरेर छनोट भएका श्रमिकलाई कोरिया जान दिईने
काठमाडौं, वैशाख १५ : सरकारले कोरियन भाषा परीक्षा ईपीएस पास गरेर छनोट भएका श्रमिकलाई लकडाउनकै अवधिमा पनि कोरिया जान दिने भएको छ।
आइतबार....

काठमाडौं, वैशाख १५ : सरकारले कोरियन भाषा परीक्षा ईपीएस पास गरेर छनोट भएका श्रमिकलाई लकडाउनकै अवधिमा पनि कोरिया जान दिने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने तयारीमा रहेका युवालाई दुई देशको सल्लाह र सहमतिमा कोरिया जान दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए।
‘ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने श्रमिकलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लानका लागि अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ’, प्रवक्ता खतिवडाले भने।
प्रकाशित मिति: ०७:१२ बजे, सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार