Kathmandu Press

मन्त्रिपरिषदले सिटिइभिटीको उपाध्यक्षमा बराललाई गरेको नियुक्ति सर्वोच्चद्वारा बदर

उपाध्यक्ष पदका लागि बरालको योग्यता नपुग्ने भन्दै टैलेन्द्र आचार्यले मंसिरमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
मन्त्रिपरिषदले सिटिइभिटीको उपाध्यक्षमा बराललाई गरेको नियुक्ति सर्वोच्चद्वारा बदर

काठमाडौं, माघ २० : सर्वोच्च अदालतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)को उपाध्यक्ष पदमा ओमप्रसाद बरालको नियुक्ति बदर गरिदिएको छ।

आइतबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले सिटिइभिटीको उपाध्यक्षमा बरालको नियुक्ति बदर गरेको हो।

उपाध्यक्ष पदका लागि बरालको योग्यता नपुग्ने भन्दै टैलेन्द्र आचार्यले मंसिरमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

त्यसको सुनुवाइ गर्दै योग्यतामा कैफियत देखिएपछि नियुक्त बदर गर्न आदेश गरेको हो।

सिटिइभिटीको उपाध्यक्ष मनोनयनका लागि गठन भएको सिफारिस समितिले उनको नाम सिफारिस गरेपछि मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले  बराललाई नियुक्त गर्ने निर्णय गरेको थियो।

तर सिटिइभिटीको उपाध्यष बन्नका लागि  आवश्यक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।

दुई महिनापछि भएको सुनुवाइ गर्दै सर्वोच्चले उत्प्रेषण आदेश जारी गर्दै नियुक्ति बदर गरिदिएको हो।

प्रकाशित मिति: २०:३० बजे, आइतबार, माघ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्