Kathmandu Press

जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन,भोली फेरि बस्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठक भोली फेरि बस्नेगरी सकिएको छ। 
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन,भोली फेरि बस्ने

काठमाडौं, माघ २० : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठक भोली फेरि बस्नेगरी सकिएको छ। 

आज बोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोली बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

Hardik ivf

उनले भने,‘आज बोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोली बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ।’

बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल भएको छ । 

आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राखे।

बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेण्डा बनाएको छ । 

त्यस्तै सरकारले ल्याएको अध्याधेश, मधेस केन्द्रित दलहरु बीचको मोर्चा, नो केबलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित रहेको उनले बताएका छन्।

 

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, माघ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्