Kathmandu Press

नेदरल्याण्ड्सविरुद्धको दोस्रो टी२० मा नेपाल १५ रनले पराजित

नेदरल्याण्ड्सविरुद्धको दोस्रो टी२० मा नेपाल १५ रनले पराजित

काठमाडाैं, माघ २०ः किर्तीपूरस्थित टियु ग्राउन्डमा भएको त्रिकोणात्मक टि२०आई सिरिजमा नेदरल्याण्ड्सविरुद्धको आफ्नो दोस्रो खेलमा पनि नेपाली महिला टिम पराजित भएको छ। १४१ रनको लक्ष्य पछ्याएको नेपाल १५ रनले पराजित गरेको हो।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण््डसले कप्तान बाबेट डे लिडेको ४१ रनको मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४० रन जोडेको थियो। नेदरल्याण््डसका लागि हिथर सिगर्सले २६ रन बनाइन् भने फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन जोडे।

Hardik ivf

जवाफी ब्याटिङमा आएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान इन्दु वर्माले ३२ बलमा सर्वाधिक ३० रन बनाइन् भने ओपनर सम्झना खड्काले २५ बलमा २३ रनको योगदान दिइन्।

यस्तै, पूजा महतोले १८ रन, कविता जोशीले १४ तथा सीता राना मगरले १० रन बनाउँदा अन्य नेपाली ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यसअघि टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि सीता राना मगरले सर्वाधिक ५ विकेट लिएकी थिइन्। उनले ४ ओभरमा १२ रन मात्र दिएर ५ विकेट हात पारिन्। यो उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ फिगर हो भने, ५ विकेटको उपलब्धि दोस्रो पटक हासिल गरेकी हुन्।

यस्तै, मनिषा उपाध्यायले २ विकेट लिइन् भने कविता जोशीले र इन्दु वर्माले १–१ विकेट लिए।

यससँगै नेपालले जारी त्रिकोणात्मक सिरिजमा खेलेको तीन खेलमा कुनैमा जीत निकाल्न सकेको छैन। यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँगै पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग हार बेहोरेको थियो। 

अब नेदरल्याण्ड्सले आफ्नो तेस्रो खेलमा सोमबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। नेदरल्याण्ड्स सो हारको बदला लिने दाउमा हुनेछ भने थाइल्याण्ड आफ्नो अपराजित यात्रा कायम राख्ने ध्याउन्नमा हुनेछ।
 

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, माघ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्