Kathmandu Press

निजी जीवनबारे धेरै चर्चा नगरिदिन गायिका एलिना चौहानको आग्रह

निजी जीवनबारे धेरै चर्चा नगरिदिन गायिका एलिना चौहानको आग्रह

रौतहट, माघ १९ः गायिका एलिना चौहानले आफ्नो निजी जीवनबारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन्। गायिका चौहानले शनिबार फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन्।

आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि विवाहपछी नहुने र सबै कुरा मिल्ने आशामा सम्बन्धमा गाँसिएको उल्लेख गरेकी छिन्।

विवाह कसैले पनि सम्बन्धविच्छेद गर्नका लागि गरेको हुँदैन भन्दै पछि झन ठूलो समस्या आउने देखेर सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको प्रष्ट पारिन्।

अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेकी एलिनाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल दाबी नगरी सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्।

निकै भावुक अवस्थामा देखिएकी एलिनाले श्रीमान् विष्णु सापकोटालाई नराम्रो र गाली नगर्न पनि आग्रह गरेकी छिन्।

प्रकाशित मिति: १८:०६ बजे, शनिबार, माघ १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्