डिआइजी शाहीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी
काठमाडौं, वैशाख १४ : नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) नीरजबहादुर शाहीलाई दिइएको छ।
नेपाल प्र....

काठमाडौं, वैशाख १४ : नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) नीरजबहादुर शाहीलाई दिइएको छ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषणका लागि शाहीलाई प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।
यसअघि प्रहरी प्रवक्ता रहेका शैलेश थापा क्षेत्री प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी प्रवक्ताका रुपमा काम गर्दै आएका थिए।
यसअघि शाही नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखमा थिए।
प्रकाशित मिति: १९:५२ बजे, आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार