कोभिड-१९ : एक लाखले गरे लकडाउन उल्लङ्घन
काठमाडौं, वैशाख १४ : गत चैत ११ गतेदेखि वैशाख १३ गतेसम्म झण्डै एक लाख जनाले लकडाउन उल्लङ्घन गरेका छन्।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्....

काठमाडौं, वैशाख १४ : गत चैत ११ गतेदेखि वैशाख १३ गतेसम्म झण्डै एक लाख जनाले लकडाउन उल्लङ्घन गरेका छन्।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ९९ हजार ४१९ जनाले लकडाउन उल्लङ्घन गरेका हुन्।
त्यस्तै लकडाउनको समयमा अनुमति बिना गुडेका ४३ हजार ७६१ सवारीसाधन कारवाहीमा परेका छन्। तीमध्ये ३५ हजार ४२३ सवारी साधनलाई छाडिएको छ। केही भने थप कारवाहीका क्रममा छन्।
प्रकाशित मिति: १८:४६ बजे, आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार