Kathmandu Press

नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो एक सय २३ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निरर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको हो । 
नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो एक सय २३ रनको लक्ष्य

काठमाडौं, माघ १८ : राजधानीमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्याण्ड्सले  थाइल्याण्डलाई जितका लागि एक सय २३ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निरर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको हो । 

Hardik ivf

नेदरल्याण्ड्सका लागि कप्तान बाबित डि लिडेले सर्वाधिक ५२ रन जोडिन् । उनले ५० बल खेल्ने क्रममा आठ चौका प्रहार गरिन् । 

त्यस्तै आरिस विलिङले २८ रन जोडिन् । थाइल्याण्डका लागि थैपच पुत्टाओङले दुई विकेट लिइन् । थाइल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति: १५:०७ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्