Kathmandu Press

तीन पटकसम्म एन्टिबडी पोजेटिभ देखिएर मृत्यु भएकी युवतीको कोरोना रिपोट नेगेटिभ

काठमाडौं, वैशाख १४ : र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएकी युवतीको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ।  ....

तीन पटकसम्म एन्टिबडी पोजेटिभ देखिएर मृत्यु भएकी युवतीको कोरोना रिपोट नेगेटिभ

काठमाडौं, वैशाख १४ : र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएकी युवतीको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ।  हेटौंडामा गरिएको पीसीआर परीक्षणमा उनको कोरोना रिपोट नेगेटिभ आएको हो।

तीन पटकसम्म गरिएको आरडिटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएकी २३ वर्षीया आइतबार बिहान वीरगन्जमा मृत्यु भएको थियो। ब्लड क्यान्सरको बिरामी रहेकी महिलालाई आइसोलेसनमा राख्ने तयारी गर्दा गर्दै मृत्यु भएको थियो।

तराई रिसर्च अस्पताल र नारायणी अस्पतालमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनको कारोनाभाइरसको कारण मृत्यु भएको आशका गरिएको थियो।

प्रकाशित मिति: १७:४८ बजे, आइतबार, वैशाख १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्