Kathmandu Press

महिला टी–२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो । बिहीबार भएको सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ । 
महिला टी–२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

काठमाडौं, माघ १८ : बिहीबारबाट सुरु भएको त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो । बिहीबार भएको सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ । 

Hardik ivf

टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पहिलो खेलमा पराजय भोगेको हो । पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छ भने थाइल्याण्ड १३औँ स्थानमा छन् ।  अर्को खेलमा नेपालले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति: ०८:२१ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्