Kathmandu Press

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपाल २० रनले पराजित

१५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनमात्र बनाउन सक्यो।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपाल २० रनले पराजित

किर्तिपूरस्थित टियु मैदानमा जारी त्रिकोणात्मक महिला टि२० सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाली महिला टिम नेदरल्यान्ड्ससँग पराजित भएको छ। नेपाल २० रनले पराजित भएको हो।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनमात्र बनाउन सक्यो।

Hardik ivf

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५७ रनको ठूलो योगफल बनाएको थियो। उसका लागि रोबिन रिज्केले ४८ बलमा सर्वाधिक ५९ रनको योगदान दिइन्। यस्तै, आइरिस ज्विलिङले ३१, स्टेरे कालिसले २९ तथा हेथर सिगर्सले २३ रन बनाएकी थिइन्।

टस जितेर बलिङ रोजेको नेपालले राम्रो सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन। कविता कुँवरले दोस्रो बलमै ओपनर फिबि मोल्केनबोरलाई एलबीडब्ल्यू आउट गरेकी थिइन्। यस्तै, दोस्तो ओभरमा पुजा महतोले कप्तान बबेते डि लिडलाई आउट गरेकी थिइन्।
तर, नेदरल्यान्ड्सको मध्यक्रमका अगाडी भने नेपाली बलर चल्न सकेनन्। नेपालका लागि रुबिना क्षेत्री, इश्वरी बिष्ट र सीता राना मगरले पनि १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको नेपालको भने मध्यक्रम डगमगाएपछि हार बेहोरेको थियो। नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक २८ रन बनाइन्। इनिङको अन्त्यतिर कविता जोशीले १७ बलमा २७ रनको इनिङ खेलेपनि त्यो नेपाललाई जित दिलाउन पर्याप्त भएन।

नेपालका लागि पूजा महतोले २४ रन र रुबिना क्षेत्रीले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, माघ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्