Kathmandu Press

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

काठमाडौं, माघ १७ः ‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’को छैटौं संस्करण आज (बिहीबार) बाट काठमाडौंमा सुरु भएको छ।

दरबारमार्गस्थित क्युएफएक्स सिनेमा राइजिङ मलमा बागमती प्रदेशका बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारीमन्त्री बिमल सुवेदीले फेस्टिभलको समुद्घाटन गरेका हुन्। कार्यक्रम उद्घाटनपछि उनले सो फिल्म फेस्टिभलले पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान पुग्ने बताए।

Hardik ivf

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’को छैटौं संस्करणमा आइपुग्दा ४८ देशका ९८ वटा सिनेमा र ३० वटा अवार्डसहित फेस्टिभलको सुरु भएको जानकारी दिए। विदेशीहरुको आकर्षण देखेपछि सहयोगी हातको रुपमा चलचित्र बोर्डले हात बढाएको उनको भनाई छ।

फेस्टिभलमा लघु फिल्मसँगै कथानक फिल्म, वृत्तचित्र, एनिमेटेड फिल्मलगायत महिला, बालबालिका, मानव अधिकारका फिल्महरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन्।

फेस्टिभलको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ। जसमा भारतबाट फिल्म निर्देशक निपोन धौला, जर्मनी फिल्मकर्मी फाविन मात्थियस र फिल्मकर्मी इभिन बिराजी, बेलायतबाट फिल्म लेखक तथा निर्देशक लुइसा प्रिटोलानी, क्यानडाबाट फिल्म निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट फिल्म निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट फिल्मकर्मी इरिना बेराजी रहेका छन्।

नेपालबाट निर्णायकको रूपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, फिल्म निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का, टेलिभिजनकर्मी टीकाराम यात्री, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन्। फेस्टिभल माघ १९ गतेसम्म चल्ने छ।

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, माघ १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्