Kathmandu Press

नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौ, माघ १७ः महिला त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन्।

घरेलु मैदानमा नेपालले दोस्रो पटक टि२०आई सिरिज खेल्न लागेको हो। यसअघि सन् २०२२ को मे महिनामा नेपालले युगान्डासँग ५ खेलको टि२०आई सिरिज खेलेको थियो।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता रहेको छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन्।

प्रकाशित मिति: १२:४८ बजे, बिहीबार, माघ १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्