Kathmandu Press

स्वास्थ्य सामग्री लिन ग्वान्जाओ उड्दै हिमालय एयरलाइन्स

काठमाडौं, वैशाख १४ : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ। हिमालयको न्यारोबडी जहाज....

स्वास्थ्य सामग्री लिन ग्वान्जाओ उड्दै हिमालय एयरलाइन्स

काठमाडौं, वैशाख १४ : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ। हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ।

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडान गर्न अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ। हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर सोमबार काठमाडौँ आइपुग्नेछ।

लकडाउनको समयमा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन्। नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ।

यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।
पछिल्लोपटक गत वैशाख ५ गते निगमका दुई वाइडबडी जहाजले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए।

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, वैशाख १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्