Kathmandu Press

कोशी सरकारले पहिचान पक्षधरलाई वार्तामा बोलायो

प्रदेश सरकारले गठन गठन गरेको वार्ता टोलीले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो।
कोशी सरकारले पहिचान पक्षधरलाई वार्तामा बोलायो

मोरङ, माघ १६ : कोशी प्रदेश सरकारले पहिचान पक्षरलाई वार्ताका लागि बोलाएको छ। 

प्रदेश सरकारले गठन गठन गरेको वार्ता टोलीले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो।

Hardik ivf

शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो। झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए। 

सो घटनापछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए।

पाथिभरामा निर्माणाधिन केवलकारको विषयमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए।

प्रकाशित मिति: ११:१७ बजे, बुधबार, माघ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्