Kathmandu Press

दिपलको नयाँ एसयुभी ई०७ को नेपालमा औपचारिक लन्च

दिपलको नयाँ एसयुभी ई०७ को नेपालमा औपचारिक लन्च

काठमाडौं, माघ १५ः विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा औपचारिक रुपमा लन्च भएको छ। एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटोका एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा सो गाडीको लन्च गरेका हुन्।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच एमएडब्लू वृद्धि अटोकर्पले दिपल ई०७ लन्च गरेको हो। कम्पनीले रियर ह्वील ड्राइभ मोडललाई ९९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको छ। यसको फोर ह्वील ड्राइभ भर्सन खोज्नेले भने एक करोड रुपैयाँ बढी तिर्नु पर्नेछ। फोर ह्वील ड्राइभ ई०७ को मूल्य एक करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। मूल्यको हिसाबमा धेरै लाग्ने यो गाडी ट्रान्सफर्मर मोडल हो।

Hardik ivf

सोही क्रममा एमएडब्लू ग्रुपका अध्यक्ष अग्रवालले यति धेरै फिचर भएको र सस्तो कार नेपालमा पहिलो पटक लन्च भएको बताएका छन्। उनले यस्तो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर कसैलेपनि नसोचेको भन्दै यो एउटा राम्रो उपलब्धी भएको बताए।

उनले भने, ‘अहिले धेरै प्रविधिहरुको विकास भएको छ । जसले हाम्रो जीवन परिवर्तन गराएको छ। नेपालमा दिपलले मानिसको विचार र सोचलाई परिवर्तन गर्न सफल भएको छ। योभन्दा पहिला कसैले पनि यो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर सोचेको थिएन होला। यस्तो खालको सुविधा भएको कार नेपालको बजारमा पाउन सकिन्छ भनेर, ९ महिना अगाडिसम्म पनि यतिको पैसामा यस्ता कार आउन सक्ने भन्ने कुरा सोचेको थिएन होला तर अहिले नेपालमा आइसकेको छ। यस्ता खालको फिचर भएको कार नेपालमा पहिलो पटक लन्च हुँदैछ। ई०७ ले एसयुभीबाट अपेक्षा गरेकोभन्दा एकदमै राम्रो सुविधाहरु दिनेछ।’

उनले यसमा दिइएको एयर सस्पेन्सन पनि निकै उपयोगी भएको भन्दै यदि गाडीलाई ग्राउन्ड क्लियरेन्स पुगेन भने सस्पेन्सनले नै ३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स अवस्था हेरेर बढाइदिने पनि बताए।

दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अल ह्विल ड्राइभ’ मा उपलब्ध रहेको छ। रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ। यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने कम्पनीले बताएको छ।

२४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ। दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रंगमा उपलब्ध छ।
 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, माघ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्