Kathmandu Press

कोरोना संकट र प्रकृतिको सम्बन्ध कलाकृतिमा

काठमाडौं, वैशाख १४ : कोरोना भाइरसको संक्रमणले संसारभर महामारीको रुप लिएको छ। भ्mन त्यसमै लकडाउनले एक तिहाइ मानिस घरभित्रै छन्।

यहिवेला कलाका....

कोरोना संकट र प्रकृतिको सम्बन्ध कलाकृतिमा

काठमाडौं, वैशाख १४ : कोरोना भाइरसको संक्रमणले संसारभर महामारीको रुप लिएको छ। भ्mन त्यसमै लकडाउनले एक तिहाइ मानिस घरभित्रै छन्।

यहिवेला कलाकार विजय महर्जनले कोरोना र प्रकृतिलाई कलामा उतारेका छन्। उनको कलाकृतिले धर्ती माताले ठूलो कष्ट सहेर कोरोनालाई जन्मदिएको भाव झल्किन्छ।

उनको कलाको अभिप्राय पृथ्वीमा मानिससँगै प्राकृतिक सन्तुलन पनि अपरिहार्य रहेको देखिएको छ। प्राकृतिक सन्तुल खलबलिँदा कोरोनाजस्ता समस्या आउने गरेको उनको कलाकृतिले इंगित गर्छ।

Hardik ivf

लकडाउनको समयमा घरमै बसेर अनेक कलाकृतिको सिर्जना गरिरहेका उनी त्यहिक्रममा कोरोनाको सकसलाई उतारेको बताउँछन्। उनले धर्ती माताको हात जन्जिरले बाँधेको र मुखमा मास्क लगाएको देखाएका छन्।

मान्छेले आधुनिकतासँगै पृथ्वीलाई दुषित बनाएको उनको तर्क छ। मान्छेले प्राकृतिक वातावरणलाई विनाश गरिरहेको र यस्तो अवस्थामा पृथ्वीले जन्माउने सन्तान कोरोना हुने पुगेको उनको जिकिर छ।

प्रकृतिलाई जोगाउनु पर्ने उनी बताउँछन्। ‘यसरी नै मानिसले पृथ्वीमा अतिक्रमण गरिराख्ने हो भने भविष्यमा यो भन्दा भयानक रोग आउनसक्छन्,’ विजय भन्छन्।

प्राकृतिक प्रकोपको त्रासदीलाई मानिसले छिटोछिटो बिर्सदै जाने गरेका छन्। यस कलाले कोरोना भाइसको संक्रमणको समयलाई सम्झाइराख्ने उनको भनाइ छ।

कोरोनाले नकारात्मक मात्र नभई सकरात्मक प्रभाव पनि पारेको उनको तर्क छ। उनी भन्छन्, ‘आधुनिकतातर्फ तीव्र गतिमा दौडिराखेको मानव जातिलाई कोरोनाले पुनः मानव अस्तिव्व के हो भन्ने बुझ्ने समय दिएको छ।’

 

 

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, वैशाख १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्