Kathmandu Press

‘सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि आवश्यक कानूनहरु निर्माण भएका छन्’

कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएको भन्दै दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्ने अपेक्षा गरेको अर्थमन्त्री पौडेलले बताए। 
‘सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि आवश्यक कानूनहरु निर्माण भएका छन्’
फाइल तस्बिर।

काठमाडौं, माघ १४ : अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको लागि नेपालले आवश्यक कानूनहरु निर्माण गरेको बताएका छन्। 

सोमबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रभावकारी काम हुन नसके पनि केही महत्वपूर्ण कामहरु भने भएको बताएका हुन्। 

Hardik ivf

‘सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्र नभएर विश्व स्तरको नै हो। हामीले यस दिशामा केही प्रयासहरु गरेका छौँ । नेपालले यसका लागि आवश्यक कानून, नियम, संरचनाहरु निर्माण गर्नुको साथै अनुसन्धानका कामलाई अगाडि बढाएको छ,’ उनले भनले, ‘यस हिसाबले नेपालले केही महत्वपूर्ण काम गरेकै छ। यो सँगै एउटा सत्य के हो भने हामीले जति गर्नुपर्ने हो वा गर्न सक्नुपर्ने हो त्यो हिसाबले काम गर्न सकेका छैनौं।’

कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएको भन्दै दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्ने अपेक्षा गरेको अर्थमन्त्री पौडेलले बताए। 

‘कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएका छौं। भनेर गर्व गर्न सक्ने गरेर प्रस्तुत हुन सक्नुपर्ने थियो,’ उनले भने, ‘नेपालले सम्पत्ति शुद्धीकरणको कसूरमा दोषि भएका जो कसैलाई पनि दण्डित गर्छ। निर्दोष कसैले पनि डराउनु पर्दैन् भन्ने मानक स्थापित गर्ने हिसाबले आउने दिनमा प्रभावकारी कामहरु हुनेछन् र हामी देशभित्र र दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछाैं।’

कार्यक्रमले निश्चित रुपमा सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा राम्रा प्रयासहरुलाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण योगदान दिने भन्दै विशेषगरि जनचेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिने पनि उनको भनाई छ।  

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, माघ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्