Kathmandu Press

कामना सेवा विकास बैंकले ३५ करोडको अग्राधिकार सेयर जारी गर्ने

कामना सेवा विकास बैंकले ३५ करोडको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं, माघ १४ः कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो।

अग्राधिकार शेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

बैंकको पूरक पूँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९% लाभांश दर भएको (असञ्चिति) अग्राधिकार शेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन र उक्त शेयरहरु परिपत्र विधिबाट निष्काशन गरिने जनाइएको छ।

उक्त निष्काशन सम्बन्धि सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, माघ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्