Kathmandu Press

एपिएफले जित्यो पिएम कप महिला क्रिकेट उपाधि 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै एपिएफले उपाधि जितेको छ।
एपिएफले जित्यो पिएम कप महिला क्रिकेट उपाधि 

कैलाली, माघ १२ : धनगढीमा भएको प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि विभागीय टिम एपिएफ क्लबले जितेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै एपिएफले उपाधि जितेको छ।

एपिएफाले सातौं पटक पिएम कप एकदिवसीय क्रिकेटको उपाधि जितेको हो। उसले सन् २०१६ देखि १९सम्म लागातार उपाधि जितेको थियो भने २०२१ र २०२४मा पनि उसले उपाधि जितेको थियो।

Hardik ivf

सुदूरपश्चिमले दिएको ६८ रनको सामानय लक्ष्य एपिएफले १३ ओभरमा १ विकेट गुमाएर भेट्टायो। उसका लागि ममता चौधरीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान इन्दु बर्माले १८ रन बनाइन्। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा अलआउट भयो। उसका लागि मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् भने कप्तान विन्दु रावलले १७ रन बनाइन्। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

सुदूरपशिचमलाई सस्तैमा रोक्ने क्रममा एपिएफका कविता जोशीले ३ तथा सबनम राई र इन्दु बर्माले समान २ विकेट लिए। 
 

प्रकाशित मिति: १४:५१ बजे, शनिबार, माघ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्