Kathmandu Press

बर्षाको कारण इँटा उद्योगमा एक करोडको क्षति

जीतपुर, वैशाख १४  : पटक पटक परेको वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा एक करोड रुपैयाँ भन्दा बढीको  क्षति भएको छ।  भट्टीमा....

बर्षाको कारण इँटा उद्योगमा एक करोडको क्षति
फाइल फोटो

जीतपुर, वैशाख १४  : पटक पटक परेको वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा एक करोड रुपैयाँ भन्दा बढीको  क्षति भएको छ।  भट्टीमा पोल्ने तयारी अवस्थामा रहेका २०–३० लाख काँचो इँटा बिग्रिएको त्रिशक्ति इँटा उद्योगका इञ्चार्ज हेम उचईले जानकारी दिए। 

इँटा उद्योगमा लडकाउनका कारण श्रमिक काममा नभएको तथा उत्पादित इँटा पनि करीब एक महिनादेखि बिक्री नहुँदा उद्योगी चिन्तित छन्। सवारी साधन सञ्चालन हुन नसकेका कारण जिल्लाभर ७३ इँटा उद्योगमा बिक्री शून्य भएको उद्योगीले जनाएका छन्। 

 बुद्धभूमि नगरपालिका –८ स्थित सेभेन स्टार इँटा उद्योगमा करीब ३० लाख बढी क्षति भएको कपिलवस्तु इँटा उद्योग संघका महसचिव कृष्ण सापकोटाले जानकारी दिए। मजदूरलाई आफूले काँचो इँटाको प्रतिगोटाका आधारमा पैसा तिर्नुपर्ने बाध्यता भएकाले नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सापकोटाले बताए। उत्पादित इँटा बिक्री नभएको र  वित्तीय संस्थाबाट ल्याइएको कर्जा र व्याज तिर्नसमेत धौधौ भएको इँटा व्यवसायी डम्बर शर्माले बताए। 

इँटा बनाएर परिवार चलाउँदै आएका मजदूरलाई समेत यसको मार परेको छ। भट्टामै इँटा बनाएर घरखर्च जोहो गर्ने र आफ्नो कमाइले नौ जनाको परिवार पाल्दै आएका पिन्टु चौधरी बन्दाबन्दीले आफूहरुलाई समस्यामा पारेको बताउछन्।

नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष सफर अलि मियाँले भट्टामा आश्रित मजदूरलाई रोजीरोटीको व्यवस्था गर्नसमेत मुश्किल पर्दै गएको बताए। उनले भने, ‘नाफा र नोक्सानी  हेर्ने समय त होइन, कसरी आफू र मजदूरलाई बचाउने भन्ने सोचिरहेका छौँ।’ काँचो इँटाको बीमा नहुने र सरकारले उद्योगीलाई क्षतिपूर्तिसमेत नदिने गर्दा उद्योगीले घाटा व्यहोर्नुपरेको मियाँको भनाइ छ।

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्