Kathmandu Press

तारा देवीको सम्झनामा सम्मान र संगीत समारोह सम्पन्न 

समारोहमा  वरिष्ठ गीतकार गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्र सहित स्वर किन्नरी स्मृति सम्मान २०८१ बाट सम्मानित गरेको छ। कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरेका थिए।
तारा देवीको सम्झनामा सम्मान र संगीत समारोह सम्पन्न 

काठमाडौं, माघ ११ : स्वर किन्नरी तारा देवीको १९ औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ। उनको १९औैं पुण्यतिथिमा  सम्झनामा तारा देवी नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम जमल स्थित राष्ट्रिय नाच घरमा सम्झनामा तारा देवी नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम समारोह आयोजना गरिएको हो । 

समारोहमा  वरिष्ठ गीतकार गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्र सहित स्वर किन्नरी स्मृति सम्मान २०८१ बाट सम्मानित गरेको छ। कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरेका थिए।

Hardik ivf

कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीत सुनगाभा जस्तो जिवन  गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए साथै गायिकाहरु ममता गुरुङले ुरिमझिम रिमझिम, गायिका प्राशन्ना शाक्यले यो दाग पिरतीको गायिका बबिना भट्टराईले तिमि तिरमा उभी देउ, वरिष्ठ गायिका शर्मीला वर्देवाले आमा भएर बोकी हेरु गायिका जुनु गौतमले फूलै फूलको मौसम तिमीलाई गायिका अन्जुली हमालले तिमिले दिएका गायिका रिता के सीले उकाली ओरालीहरुमा गायिका सुधा शेर्पाले नौ सय खोला तरेर साथै गायिका सरस्वती मानन्धरले शुभकामना गाएर वाहवाही पाएका थिए। 

Swor-kinnari-1737629334.jpg
 

विभिन्न गायक गायिकाको समूहले उसको ममता मेरो गाएको कार्यक्रममा आस्था कला केन्द्रका कलाकारहरुले फूलको थुङगा बहेर गयो गीतमा कन्टेम्पोरेरी फर्मको नृत्य प्रस्तुत गर्दा अधिकांश दर्शकका आँखा रसाएका थिए। 

फाउण्डेशनका अध्यक्ष दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव शोभन सायजू कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रमेश थापा कार्यक्रम व्यवस्थापक गरेका थिए । २००२ साल माघ २ गते जन्मिएका स्वर किन्नरी तारा देवीको माघ ८ गते निधन भएको थियो। उनका अधिकांश आधुनिक गीत लोकप्रिय छन्।
 

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, माघ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्