रणवीर र दीपिकाको फिल्म ‘८३’लाई टिभिमा प्रदर्शन गर्ने प्रस्ताव
काठमाडौं, वैशाख १४ : विश्वभर फैलिएको कोरोना भाइरका कारण बलिउडका थुप्रै फिल्म रोकिएका छन्। त्यसैमध्ये एक क्रिकेटर कपिल देवको जीवनीमाथि बनेको फिल्म &lsq....

काठमाडौं, वैशाख १४ : विश्वभर फैलिएको कोरोना भाइरका कारण बलिउडका थुप्रै फिल्म रोकिएका छन्। त्यसैमध्ये एक क्रिकेटर कपिल देवको जीवनीमाथि बनेको फिल्म ‘८३’ पनि हो।
रणवीर सिंह र दीपिका पादुकोण अभिनित यो फिल्म अप्रिल १० मा रिलिज गर्ने तय भएको थियो। तर, कोरोनाका कारण रिलिज हुन सकेको छैन।
कविर खान निर्देशित स्पोस्र्ट ड्रामाले सन् १९८३ मा भारतीय क्रिकेट टोलीले विश्वकप जितेको कथावस्तुलाई समेटेको छ।
सिनेमा हलमा फिल्म प्रदर्शन गर्न रोक लागेपछि प्रतिष्ठित कम्पनी ‘ओभर द टप’ले टिभीमार्फत फिल्म प्रर्दशनका लागि प्रस्ताव गरेको छ। यो कम्पनीले एक सय ४३ करोड भारतीय रुपैयाँमा फिल्म किन्ने प्रस्ताव राखेको जनाएको छ।
फिल्म निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टका सिइओ शिवाषिश सरकारले यसलाई अस्वीरका गरेको जनाएका छन्। उनले भनेका छन, ‘८३ ठूलो पर्दाको लागि बनेको हो। हामीले टिभीमार्फत प्रर्दशनमा ल्याउने कुनै योजना बनाएका छैनौं।’
उनले कोरोना त्रासको यस्तै रह्यो र ६ महिना पछिसम्म पनि सिनेमा हलमा आउने स्थिति देखिएन भने पुर्नविचार गर्ने बताए।
यो फिल्मसँगै कम्पनिले लकडाउन र त्यसपछिको त्रासदिपूर्ण स्थिति अवधिभरका लागि पर्याप्त सामग्री जम्मा गर्न कम्पनीले महंगो रकममा फिल्महरु खरिदको प्रस्ताव राखेको विश्लेषकको दावी छ। जसमा ‘द कार्गि गर्ल’, ‘कुली नं. १’, ‘गित्रि वेड्स सत्री’, ‘साइना’, ‘इन्दु कि जवानी’, ‘शेरसान खाली पिली’लगायतको सिनेमालाई फाइदाभन्दा बढि रकम राखेर प्रस्ताव गरिएको छ।
हिन्दी, तमिल, तेलेगु भाषामा निर्माण भएकोे ‘८३’ फिल्मका निर्माता तथा निर्देशकले भने दर्शकलाई केहि समय पर्खन आग्रह गरेका छन्।
यस फिल्ममा रणवीर सिंह र दीपिका पादुकोणसँगै साकिब सलीम, चिराग पाटिल, ताहिर राज भसीन, जतिन सरना, एमी विर्क, हार्डी संधू, पंकज त्रिपाठी र बोमन ईरानीलगातको अभिनय रहेको छ।












