लकडाउनमा कृषकलाई धानको बिउ वितरण
भक्तपुर, वैशाख १४ : भक्तपुर नगरपालिकाले पाँच हजार नौ सय नौ जना कृषकलाई खुमल–११ ताइचीन जातको धानको बिउ वितरण गरेको छ।
विश्वव्यापी महामा....

भक्तपुर, वैशाख १४ : भक्तपुर नगरपालिकाले पाँच हजार नौ सय नौ जना कृषकलाई खुमल–११ ताइचीन जातको धानको बिउ वितरण गरेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले देशभर लकडाउन गरेको छ। जसले गर्दा धानको बिउ छर्ने समय भनएपनि कृषकले बिउ पाएका छैनन्।
कृषकको समस्यालाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले सबै वडा कार्यालयमार्फत प्रतिपरिवार दुई केजी पाँच सय ग्राम (एक पाथी)का दरले धान निःशुल्क वितरण गरेको हो।
भक्तपुर नगरपालिकाले वडा नं. १ मा ४६६, वडा नं. २ मा आठ सय, वडा नं. ३ मा ५५०, वडा नं. ४ मा ७३०, वडा नं. ५ मा ४३९, वडा नं. ६ मा ५७८, वडा नं. ७ मा ७००, वडा नं. ८ मा ५३८, वडा नं. ९ मा ७१६ र वडा नं. १० मा ३९२ परिवारलाई धानको बिउ वितरण गरेको हो।
स्थानीय स्वयंसेवक परिचालन गरी वडा कार्यालय र घरदैलो गरी कृषक बिउ वितरण गरिएको नगरपालिकाले जनाएको छ।










-1754206481.jpg)
