Kathmandu Press

नेप्से ५२ अंकले बढ्दा काराेबार ९ अर्ब नाघ्याे

मंगलबारकाे तुलनामा बुधबार ३ अर्ब बढीकाे काराेबार भयाे। सेयर बजारमा बुधबार ९ अर्ब २० करोडको काराेबार भएकाे छ।
नेप्से ५२ अंकले बढ्दा काराेबार ९ अर्ब नाघ्याे

काठमाडाैं, माघ ९ : बुधबार सेयर बजार ठूलाे मात्र बढेकाे छ। बुधबार ५२.३६ अंकले बढेकाे नेप्से परिसूचक २६६५ अंकमा पुगेकाे छ। 

परिसूचकसँगै बुधबार कारोबार रकम पनि बढ्याे। मंगलबारकाे तुलनामा बुधबार ३ अर्ब बढीकाे काराेबार भयाे। सेयर बजारमा बुधबार ९ अर्ब २० करोडको काराेबार भएकाे छ।

बुधबार अधिकांश समूहकाे सेयर बणेकाे छ। जसमा अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्दा बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.००, व्यापार २.४५ प्रतिशतले बढेका छन्।

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्याे भने ग्रीन डेभलपमेन्टको ९.८, एचआईडीसीएलको ८.४, सुपरमादी हाइड्रोपावरको ८.२ प्रतिशतले मूल्य बढेकाे छ।

यता, बाराही हाइड्रोपावरको मूल्य ८.२ प्रतिशत घटेकाे छ भने रिभर फल्स पावरको ५.६, विन नेपाल लघुवित्तको २.८ प्रतिशतले मुल्य घट्यो।

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्