Kathmandu Press

यू-१९ महिला विश्वकप : टस हारेर अस्ट्रेलियाविरुद्ध बलिङमा नेपाल

बांगी क्रिकेट मैदानमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गरेको हो। 
यू-१९ महिला विश्वकप : टस हारेर अस्ट्रेलियाविरुद्ध बलिङमा नेपाल

काठमाडाैं, माघ ९ : मलेसियामा जारी आईसिसी यू–१९ महिला टि–२० विश्वकपको अन्तिम खेलमा नेपालले टस हाररे बलिङ गरिरहेको छ। बांगी क्रिकेट मैदानमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गरेको हो। 

नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ। स्कटल्यान्डविरुद्ध खेलेकी किरण कुँवरलाई बेन्चमा राख्दै नेपालले तृष्णा विक खेलाएको छ।

नेपाली टिम बलियो अस्ट्रेलियाविरुद्ध सुपर सिक्स पुग्ने झिनो आशासहित मैदान उत्रिएको छ। सुपर सिक्स पुग्ने सम्भवना जिवित राख्न आज नेपाललाई जित चाहिएको छ। यता, अस्ट्रेलिया भने सुपर सिक्स पुगिसकेको छ। 

नेपाल प्रतियोगितामा जितबिहीनछ । नेपाल बंगलादेश र स्कटल्यान्डसँग पराजित भएको थियो। यता, अस्ट्रेलियाले भने लागतार दुई जित निकालेको थियो। उसले बंगलादेश र स्कटल्यान्डलाई हराएको थियो।

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्