Kathmandu Press

इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्लियो

घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले उल्भ्सलाई पराजित गर्दै अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २२ खेलमा ४० अङ्क भएको छ ।
इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्लियो

काठमाडौं, माघ ८ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले उल्भ्सलाई ३–१ गोलले हराएको छ । 

घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले उल्भ्सलाई पराजित गर्दै अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २२ खेलमा ४० अङ्क भएको छ ।

Hardik ivf

यस्तै १७ औं स्थानको उल्भ्सको समान खेलमा १६ अङ्क छ । प्रिमियर लिगमा २१ खेलमा ५० अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा २२ खेलमा ४४ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ । 

समान खेलमा समान अङ्क रहेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ । 

प्रकाशित मिति: ०८:२९ बजे, मंगलबार, माघ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्