यू–१९ महिला विश्वकप : नेपालको मध्यक्रम कोल्याप्स, स्कटल्यान्डलाई ७४ रनको लक्ष्य
मलेसियास्थित बांगीमा स्टल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालको मध्य र तल्लो क्रम कोल्याप्स भएपछि नेपालले ७४ रनको मध्यम लक्ष्य दिएको छ।काठमाडाैं , माघ ७ : मलेसिया जारी यू–१९ महिला टि–२० विश्वकपको दोस्रो खेलमा पनि नेपालले खराब ब्याटिङ गरेको छ।
मलेसियास्थित बांगीमा स्टल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालको मध्य र तल्लो क्रम कोल्याप्स भएपछि नेपालले ७४ रनको मध्यम लक्ष्य दिएको छ।
नेपालले उत्कृष्ट सुरुआत गरेको थियो। नेपालले पावर प्लेमा २ विकेटको क्षतिमा ३२ रन बनाएको थियो। त्यसपछि नेपाल १२ ओभरमा ५२–४को बलियो अवस्थामा थियो। तर, त्यसपछि थप २१ रन जोड्दा नेपालले ६ विकेट गुमाएको थियो।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ रन बनाइन्। उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। यस्तै, सावित्री धामीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
नेपालका इनिङ धरासायी बनाउने क्रममा स्कटल्यान्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन्। उनी जारी प्रतियोगितामा ‘फाइपर’ लिने पहिलो बलर बनेकी छिन्। यस्तै, नायमा सेइख र अमी बाल्डीले समान २ विकेट लिए।