Kathmandu Press

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, माघ ७ : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, चाँदीको मूल्य आज स्थिर छ । आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको  चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, माघ ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्