Kathmandu Press

यू–१९ महिला विश्वकप : स्कटल्यान्डविरुद्ध ब्याटिङमा नेपाल

मलेसियाको बांगीमा जारी खेलमा नेपालले स्टकल्यान्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो। ताजा अवस्थामा नेपालले ३ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १० रन बनाएको छ।
यू–१९ महिला विश्वकप : स्कटल्यान्डविरुद्ध ब्याटिङमा नेपाल

काठमाडाैं, माघ ७ : मलेसियामा जारी आईसिसी यू–१९ महिला टि–२० विश्वकपको दोस्रो खेलमा नेपालले ब्याटिङ गरिरहेको छ।

मलेसियाको बांगीमा जारी खेलमा नेपालले स्टकल्यान्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो। ताजा अवस्थामा नेपालले ३ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १० रन बनाएको छ।

क्रिजमा सावित्री धामी र पुजा महतो छन्। 

नेपालले बंगललादेशविरुद्ध खेलेको टिमा २ परिवर्तन गरेको छ। नेपालले सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा स्थान दिएको छ।

यो खेल नेपालका लागि प्रतियोगिताका सुपर सिक्समा पुग्न महत्वपूर्ण छ। अर्को खेल बलियो अस्ट्रेलियासँग रहेकाले आज जित निकाल्दै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
 
प्रकाशित मिति: १२:३१ बजे, सोमबार, माघ ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्