Kathmandu Press

खो खो विश्वकपमा नेपालको पुरुष टिम पनि उपविजेतामै सीमित

आइतबार राति  भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको फाइनलमा नेपाल आयोजक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो।
खो खो विश्वकपमा नेपालको पुरुष टिम पनि उपविजेतामै सीमित

काठमाडाैं, माघ ६ : पहिलो संस्करणको खो खो विश्वकपमा नेपालको पुरुष टिम पनि उपविजेतामै सीमित भएको छ। 

आइतबार राति  भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको फाइनलमा नेपाल आयोजक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो।

फाइनलमा नेपाली टिम भारतसँग ५४–३६ ले पराजित भयो। नेपाली विश्वकपमा भारतसँग २ पटक पराजित भयो। समूह चरणमा पनि नेपाल भारतसँगै पराजित भएको थियो।

नेपाल सेमिफाइनलमा इरानलाई हराउँदै फाइनल पुगेको थियो भने भारतले दक्षिण अफ्रिकालाई हराएको थियो।

यसअघि आजै भएको महिलातर्फको फाइनलमा पनि नेपाली टिम भारतसँगै पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। नेपाली महिला टिम ७८–४०ले पराजित भएको थियो। महिला टिम अपराजित रहँदै फाइनल पुगेको थियो।

प्रकाशित मिति: २१:२४ बजे, आइतबार, माघ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्