बैंक र अर्थतन्त्र डुब्दैछ भनेर हावादारी प्रचार गरियो : अर्थमन्त्री
‘बजेटको सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले ल्याउनुभयो, बजेट वक्तव्य अर्को अर्थमन्त्रीले तयार पार्नुभयो, पास र कार्यान्वयन गर्ने बेलामा म छु,’ उनले भने।काठमाडौं, माघ ६ : अर्थमन्त्री विष्णु पौडलले यसपालिको बजेटमा विचित्रको अभ्यास गरेको बताएका छन्।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउने, बजेट भाषण गर्ने र कार्यान्वयन गर्ने मन्त्री फरकफरक भएको बताएका हुन्।
‘बजेटको सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले ल्याउनुभयो, बजेट वक्तव्य अर्को अर्थमन्त्रीले तयार पार्नुभयो, पास र कार्यान्वयन गर्ने बेलामा म छु,’ उनले भने।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा कुनै समस्या नभएको दाबी गरे। निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भइरहेको बताउँदै बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको मात्र बताए।
‘कर्जा प्रवाह बढिरहेको छ। निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भइरहेको छ। बैंकको लगानीमा सुधार भइरहेको छ। बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको छ। यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हँुदैन,’ अर्थमन्त्री पौडेलले भने, ‘बैंक र अर्थतन्त्र डुब्दैनन्, न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्न हुँदैन।’
केही समस्या भए त्यसलाई समधान गर्न सकिने बताउँदै उनले सामान्य समस्या आयो भन्दैमा बैंक डुब्यो भन्दै प्रचार गर्न नहुने उल्लेख गरे।