Kathmandu Press

नेप्से २६ सय अंकमा पुग्यो, अर्ब बढीको कारोबार

आइतबारको कारोबारपछि परिसूचक ०.४८ प्रतिशत अर्थात् १२.५८ अंकले बढेर २६०१.२१ अंकमा पुगेको हो। 
नेप्से २६ सय अंकमा पुग्यो, अर्ब बढीको कारोबार

काठमाडौं, माघ ६ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ सय भन्दा माथि पुगेको छ। 

आइतबारको कारोबारपछि परिसूचक ०.४८ प्रतिशत अर्थात् १२.५८ अंकले बढेर २६०१.२१ अंकमा पुगेको हो। 

आज विभिन्न ३२५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ मा कारोबार भएको छ। 

आजको कारोबारपछि बजारपुँजीकरण १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ।

आज बोटलर्स नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.०९, साम्लिङ पावर कम्पनीको शेयर मूल्य ७.४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य ७.३७ प्रतिशतले बढेको छ। 

साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य ६.९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६.४५ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: १७:४४ बजे, आइतबार, माघ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्