Kathmandu Press

सुनको मूल्य ८ सय घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ। 
सुनको मूल्य ८ सय घट्यो

काठमाडौं, माघ ६ : नेपाली बजारमा आइतबार सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ। 

अघिल्लो कारोबारको दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमामा कारोबार भएको थियो। 

त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। 

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो।
 
प्रकाशित मिति: १४:०६ बजे, आइतबार, माघ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्