८ रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।
काठमाडौं, माघ १ : नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएकोमा आज घटेर तोलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, माघ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
