सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो।
काठमाडौं, पुस २९ : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा काराबार भइरहेको छ।
यस्तै सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार १ हजार ८६० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूलयमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:३० बजे, सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार