कौशी थिएटरमा 'महासत्त्व' [फाेटाे फिचर]
बौद्ध धर्मका नौ वटा ग्रन्थमध्ये सुवर्णप्रभासुत्रम शास्त्र अन्तर्गतको ब्याग्रिजातकबाट नाटक महासत्त्वले मातृत्वको महिमा गान गरेको छ।![कौशी थिएटरमा 'महासत्त्व' [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1736620450.jpg)
काठमाडौं, पुस २८ : बौद्ध धर्मको पौराणिक कथामा आधारित नाकट 'महासत्त्व' कौशी थिएटर टेकुमा मञ्चन भइरहेको छ।
चन्द्रमान मुनिकार परिकल्पना तथा निर्देशन रहेको नाटक पुस २५ गतेबाट मञ्चन भइरहेको छ। नाटक माघ ५ गतेसम्म मञ्चन हुनेछ। नाटक शनिबार दिउँसो १ बजे र अन्य दिन सााँझ सवा ५ बजे मञ्चन भइरहेको छ।
बज्रकला कुञ्जको प्रस्तुती रहेको नाटकमा सुदनमान मुनिकार, सङ्गीता थापामगर, युवाहाङ राई, स्मृति श्रेष्ठ, विशाल पुलामी, खुशी सुनुवार, सचिन लामा, सुमित्रा पेहीम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेम चन्द पाण्डेको अभिनय छ।
बौद्ध धर्मका नौ वटा ग्रन्थमध्ये सुवर्णप्रभासुत्रम शास्त्र अन्तर्गतको ब्याग्रिजातकबाट नाटक महासत्त्वले मातृत्वको महिमा गान गरेको छ।
प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार