Kathmandu Press

चलचित्र कलाकार संघद्वारा नृत्यकारहरुलाई राहत सहयोग

काठमाडौं, वैशाख १२ : चलचित्र कलाकार संघले काठमाडौं रहेका नृत्यकारहरुलाई राहत सामाग्री प्रदान गरेको छ। लकडाउनमा कारण प्रभावित भएका नेपाल नृत्य संघ....

चलचित्र कलाकार संघद्वारा नृत्यकारहरुलाई राहत सहयोग

काठमाडौं, वैशाख १२ : चलचित्र कलाकार संघले काठमाडौं रहेका नृत्यकारहरुलाई राहत सामाग्री प्रदान गरेको छ। लकडाउनमा कारण प्रभावित भएका नेपाल नृत्य संघका झण्डै ७० जना नृत्यकारहरुलाई दैनिक उपभोग्य उपलब्ध गरिएको हो।

नेपाल नृत्य संघका कार्यवहाक अध्यक्ष जनक कार्कीले राहतको माग गरे अनुसार नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र नेपाल शाकाहारी पार्टीले उक्त सहयोग गरेका हुन्। 

नेपाल शाहाकारी पार्टीको अध्यक्ष राधेश्याम खड्का, चलचित्र विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसी, महात्मा पराजुली र राजु विद्या बज्राचार्य लगायतको सक्रियतामा नृत्यकार र नृत्य क्षेत्रका प्राविधिकलाई राहत प्रदान गरिएको हो। 

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्