Kathmandu Press

जय ट्रफीमा आर्मी र बागमतीले खेले बराबरी

बिहीबार जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिभुवन आर्मीले दिएको २०५ रनको लक्ष्य पछ्याएको बागमतीले दिनको खेल सकिँदा ५ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सकेपछि खेल बराबरीमा सकिएको हो।
जय ट्रफीमा आर्मी र बागमतीले खेले बराबरी

काठमाडाैं, पुस २५ : वीरगञ्ज र जनकपुरमा जारी दुई दिवसीय क्रिकेट ‘जय ट्रफी’मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन्।

बिहीबार जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिभुवन आर्मीले दिएको २०५ रनको लक्ष्य पछ्याएको बागमतीले दिनको खेल सकिँदा ५ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सकेपछि खेल बराबरीमा सकिएको हो।

Hardik ivf

बामगतीका लागि शुभ कंशकारले सर्वाधिक ३३ रन बनाउँदा रित गौतमले १६ र नन्दन यादवले १३ रन बनाए। बलिङमा आर्मीका आकाश चन्दा र पवन कार्कीले समान २ विकेट लिँदा कुशल मल्ले १ विकेट लिए।

त्यसअघि आजै दोस्रो इनिङमा ८ विकेटको क्षतिमा १२७ रन बनाउँदै आर्मीले इनिङ समाप्तिको घोषणा गरेको थियो। उसका तृतराज दासले २८, विनोद भण्डारीले २७ र कुशल मल्ले २१ रन बनाएका थिए। बलिङमा बागमतीका नन्दन यादवले ४ विकेट लिँदा प्रतिश जिसीले ३ विकेट लिए।

त्यसअघि पहिलो इनिङमा आर्मीले निर्धारित ६० ओभरमा ५ विकेटको क्षतिमा २७६ रन बनाएको थियो। उसका इमरान शेख ७७ रन बनाउँदा बासिर अहमदले ५३, तृतराजले ४४, कुशल मल्लले ३५ र भीम सार्कीले ३२ रन बनाएका थिए। बलिङमा बागमतीका विपिन आचार्यले ३ र सन्दीप लामिछानेले २ विकेट लिए।

बागमतीले ९ विकेटको क्षतिमा २ रन बनाएपछि इनिङ समाप्तिको घोषणा गरेका थियो। उसका लागि नन्दन यादवले अर्धशतक बनाए। उनले ८० बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे। यस्तै, शुभ कंशकारले ३४, उत्तम थापामगरले २८, रित गौतमले २१ र विपिन आचार्यले २० रन बनाएका थिए। 

बलिङमा आर्मीका आकाश चन्दले ३ विकेट लिँदा सोमपाल कामी, साहब आलम र पवन कार्कीले समान २ विकेट लिए। 

यो बराबरीपछि त्रिभुवन आर्मी क्लब ३० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने बागमती २८ अंकसहित तेस्रो स्थानमा छ। दुवै टिमको यो लगातार दोस्रो बराबरी हो।

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, पुस २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्