Kathmandu Press

जय ट्रफीमा मधेशमाथि पुलिस इनिङ र ३५ रनले विजयी

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले घरेलु टोली मधेश प्रदेशमाथि इनिङ र ३५ रनको फराकिलो जित निकालेको हो। 
जय ट्रफीमा मधेशमाथि पुलिस इनिङ र ३५ रनले विजयी

काठमाडाैं, पुस २५ : दुई दिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफीमा विभागीय टिम नेपाल पुलिस क्लबले जित निकलोको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले घरेलु टोली मधेश प्रदेशमाथि इनिङ र ३५ रनको फराकिलो जित निकालेको हो। 

दोस्रो दिन २५८–४को अवस्थामा इनिङ समाप्तिका घोषणा गर्दै पुलिसले मधेशलाई ब्याटिङको निम्तो दिएको थियो। पहिलो इनिङमा १२६ रनमा अलआउट भएको मधेश दोस्रो इनिङमा ९४ रनमै समेटियो।

उसका विशाल पटेलले सर्वाधिक २७ रन बनाउँदा मयन यादवले २२ र हिमाशुं दत्तले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

Hardik ivf

मधेशको इनिङ धरासायी बनाउने क्रममा कुशल भुर्तेलले ५ विकेट लिए। उनले ४.२ ओभरमा २२ रन मात्र खर्चिए। यस्तै, गुल्सन झाले ३ र लतिल राजवंशीले २ विकेट लिए।

त्यसअघि पहिलो पहिलो इनिङमा पुलिसले ४ वकेटको क्षतिमा २५८ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो। उसका लागि कशुल भुर्तेलले सर्वाधिक ६३ रन बनाउँदा दिलिप नाथ र कप्तान आरिफ सेखले समान ४० रन बनाए।

यस्तै, अमित श्रेष्ठले ३५, शंकर रानाले ३१, अर्जुन साउदले २२ र गुल्सन झाले २० रन बनाए। बलिङमा मधेशका हरिशंकर साहले २ विकेट लिए।

त्यसअघि पहिलो इनिङमा मयन यादवको अर्धशतक बाबजुदु मधेश १२६ रनमै अलआउट भएको थियो। मयनले १०२ बलमा ५९ रन बनाउँदा निरज यादवले २९ र अविशेक तिवारीले १७ रन बनाए। बलिङमा पुलिसका गुल्सन झाले ५ विकट लिँदा कुशल भर्तेलले २ विकेट लिए।

पुलिसलाई जित दिलाउन बल र ब्याट दुवैबाट महत्वपूर्ण भूमिका खेलका कुशल प्लेअफ अफ दी म्याच बने। उनले ६३ रन र ७ विकेट लिएका थिए। 

यो जितसँगै पुलिस ४० अंकसहित  तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा उसले त्रिभुवन आर्मीसँग बराबरी खेलेको थियो।

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, पुस २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्