Kathmandu Press

सरोज विरही र शान्तिश्रीको आवाजमा छमछमी नचाउने गीत 'चिनजान गरौं' (भिडियो)

गीतमा शब्द लय सरोज विरहीकै छ भने संगीत पनि उनैले भरेका हुन्।
सरोज विरही र शान्तिश्रीको आवाजमा छमछमी नचाउने गीत 'चिनजान गरौं' (भिडियो)

काठमाडौं, पुस २४ : सरोज विरही कार्की र शान्ति श्री परियारको आवाजमा लोक दोहोरी गीत 'चिनजान गरौं' सार्वजनिक भएको छ।

युट्युब च्यानल नेपाली भाकाबाट केही दिनअघि उक्त गीत म्युजिक भिडिओसहित सार्वजनिक भएको हो।

गीतमा शब्द लय सरोज विरहीकै छ भने संगीत पनि उनैले भरेका हुन्।

Hardik ivf

पुरूष गायनमा उनीसँगै लिलाबहादुर गुरूङ र प्रितम गुरूङ पनि स्वर दिएका छन्।

महिला गायनमा शान्तिश्रीलाई रूपी सिन्जाली मगरको स्वर छ।

गीतको म्युजिक भिडिओमा रायन बस्याल, पार्वती श्रेष्ठ, लिलाबहादुर गुरूङ, सबिना बुनु, रामशरण कोइराला लगायतले अभिनय गरेका छन्।

भिडिओलाई रायन बस्यालको कोरियोग्राफी छ।

कार्कीका यसअघि 'मायाको लाली जोबन', 'हासेर बोलनी', 'बादलुको घेरो', 'हासेर बोलनी'लगायत गीत लोकप्रिय छन्।  

प्रकाशित मिति: २०:१४ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्