Kathmandu Press

नेप्से ६ अंकले वृद्धि

नेप्से परिसूचक ६ अंकले वृद्धि भइ परिसूचक २६४६.८४ बिन्दुमा कायम भएकाे छ। 
नेप्से ६ अंकले वृद्धि

काठमाडौं, पुस २३ : मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६ अंकले वृद्धि भइ परिसूचक २६४६.८४ बिन्दुमा कायम भएकाे छ। 

मंगलबार फाइनान्स समूह २.६५ प्रतिशतले बढेको छ। फाइनान्स समूहअन्तर्गत १४ कम्पनी फाइदामा गए, एउटाको मूल्य भने घटेको छ। 

कुल १२६ कम्पनीको मूल्य बढेको छ भने यसमध्ये सप्तकोशी विकास बैंक, नाग्दी जलविद्युत्, प्रभु महालक्ष्मी इन्स्योरेन्सको मूल्यमा सर्किट लागेकाे छ।

सिन्धु विकास बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

कारोबार रकमका हिसाबले आज सिन्धु विकास बैंक १६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार गरी अग्रस्थानमा रहेकाे छ।

मंगलबार कुल ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएकाे छ। 

१०७ कम्पनीको मूल्य घट्दा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेकाे छ।   

प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, पुस २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्