Kathmandu Press

नेप्से ४९ अंकले बढ्यो, ६ अर्ब बढिको कारोबार

नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४० बिन्दुमा कायम भएको छ।
नेप्से ४९ अंकले बढ्यो, ६ अर्ब बढिको कारोबार

काठमाडौं, पुस २२ : सेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४० बिन्दुमा कायम भएको छ।

सोमबार २२६ कम्पनीको मूल्य वृद्धि भई ६ अर्ब ३० करोडको कारोबार भएको छ।

हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढेको छ। त्यसै बैंकिङ १।०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६ र व्यापार ०.४६  प्रतिशतले बढेको छ।

आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ भने सुपरमादी हाइड्रोको ९.७, साहस ऊर्जाको ८.७१, मायाखोला हाइड्रोपावरको ८.५९, सप्तकोशी विकास बैंकको ८.२५, खानीखोला हाइड्रोको ८.१६, दोल्ती पावरको ७.८५ तथा स्वेतगंगा हाइड्रोको ७.६६ प्रतिशत मूल्य बढेको छ।

उपकार लघुवित्त र सामुदायिक लघुवित्त भने १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, पिपुल्स हाइड्रोपावर, दोल्ती पावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेका छन्।

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्