नेप्से सामान्य अंकले वृद्धि
आइतबार नेप्से ५.३२ अंकले वृद्धि भई २५९१.५६ बिन्दुमा कायम भएको छ।काठमाडौं, पुस २१ : साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक सामान्य अंकले वृद्धि भएको छ।
आइतबार नेप्से ५.३२ अंकले वृद्धि भई २५९१.५६ बिन्दुमा कायम भएको छ। कुल १४१ कम्पनीको मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मुल्य घटेको छ।
बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरैले डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशत बढेको छ। त्यस्तै जलविद्युत र व्यापारतर्फका उपसमूहको सूचक क्रमशः १.६७ र १.१४ प्रतिशतले बढेको छ।
कारोबार रकमका हिसाबले आइतबार जानकी फाइनान्स १९ करोड ९ लाख रुपैयाँको कारोबार गरी शीर्षमा रहेको छ।
आइतबार कुल ३२७ कम्पनीको ९३ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ।
प्रकाशित मिति: १५:४७ बजे, आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से ६ अंकले वृद्धिमंगलबार, पुस २३, २०८१
नेप्से ४९ अंकले बढ्यो, ६ अर्ब बढिको कारोबारसोमबार, पुस २२, २०८१
वायु सेवा सञ्चालक सङ्घद्वारा खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगनआइतबार, पुस २१, २०८१
नेप्से सामान्य अंकले वृद्धिआइतबार, पुस २१, २०८१