Kathmandu Press

‘जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था आइरहेको छ’

उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै  जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था देखिएको बताए।
‘जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था आइरहेको छ’

काठमाडौं, पुस १९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन्।

शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)को पाँचौं साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै  जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था देखिएको बताए।

‘हिजोको चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी छ। यो भन्दा निधार खुम्च्याउनुपर्ने अरु कुरा छैन, यो साँचो कुरा हो। जबसम्म व्यक्तिले लाभ उठाउँदैन् तबसम्म वित्तिय क्षेत्रमा पनि सुधार आउँदैन,’ उनले भने, ‘जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने र यसको समाधानका लागि नीतिगत कुराको सुधारमा सरकार लागिरहेको छ।’

मन्त्री भण्डारीले आजको दिनमा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको भन्दै बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन् भन्दै प्रश्न पनि गरे। 

सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र रहेको पनि उनको आरोप छ। 

‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन् । हामी सम्भावनालाई छोड्दै गइरहेका छौं,’ उनले भने।
 

प्रकाशित मिति: १६:४९ बजे, शुक्रबार, पुस १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्