सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ बढ्यो
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो।
काठमाडौं, पुस १९ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो।
बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोवार भैइरहेको छ ।
प्रकाशित मिति: ११:३१ बजे, शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
