अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना : दुईजनाको मृत्यु, १८ घाइते
मृत्यु भएका व्यक्तिहरूको पहिचान, र तिनीहरू विमानमा थिए वा जमिनमा, अहिलेसम्म थाहा छैन, फुलर्टन प्रहरी प्रवक्ता क्रिस्टी वेल्सलाई उद्धृत गर्दै एपीले जनाएको हो ।
काठमाडौं, पुस १९ : दक्षिणी क्यालिफोर्नियामा बिहीबार विमान दुर्घटना भएकाे छ।
कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। साे दुर्घटनामा भने १८ जना घाइते भएको एपीले जनाएको छ।
मृत्यु भएका व्यक्तिहरूको पहिचान र तिनीहरू विमानमा थिए वा जमिनमा अहिलेसम्म थाहा नभएकाे फुलर्टन प्रहरीले जनाएकाे छ।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार डिज्निल्यान्डबाट ६ माइल (१० किलोमिटर) टाढा रहेको ओरेन्ज काउन्टीको फुलरटन म्युनिसिपल एयरपोर्टबाट उडान भरेको दुई मिनेटभन्दा कम समयमै विमान दुर्घटना भएको थियो।
प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
